बतास समूहसँग नाम जोडिएपछि आरजुले दिइन् यस्तो प्रतिक्रिया

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा) ले बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन् । आज (बिहीबार)सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बतास समूहसँग संलग्नता नरहेको बताएकी हुन् ।

आरजुको पनि बतास समूहमा संलग्नता रहेको भनि विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेकी छिन् । उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आवद्ध नभएको बताइन् ।



त्यस्तै उनले सञ्चारमाध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा आरजुको स्टाटस   :

‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।
१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC)
(संस्थापक अध्यक्ष तथा सल्लाहकार)

२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)

३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)

४. नामी (अध्यक्ष)

५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)

६. Blood Donors association of Nepal BLODAN (संरक्षक)’

डा. आरजु राणा देउवा
केन्द्रीय सदस्य, नेपाली काँग्रेस

सम्बन्धित समाचार