नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

गृह मन्त्रालयले नौ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीयो) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलाली, सहित विभिन्न नौ जिल्लामा गृह मन्त्रालयले सीडीयो सरुवा गरेको हो ।
गृह स्रोतकाअनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुम पश्चिम, उपेन्द्र राज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्र प्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
गृहमन्त्रालयले गृहमन्त्रालयमै कार्यरत तीन उपसचिव र एक सहसचिवसहित नौ जनालाई विभिन्न जिल्लाको सीडीयो बनाएको हो । यस्तै, अन्य पाँच जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी सरुवा गरिएको गृह स्रोतले जनाएको छ ।

