परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच फोन वार्ता, के भयो कुराकानी ?

परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । आज साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् ।

दुवै परराष्ट्रमन्त्रीबीच दुई देशबीचको सम्बन्धनमा उत्पन्न समस्या समाधान गर्दै जाने विषयमा पनि कुराकानी भएको जयशंकरले बताएका छन् ।



प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने तय भएको थियो । तर भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि उनको भारत भ्रमण पनि स्थगित भएको छ । यस विषयमा पनि दुईबीच छलफल भएको बताइन्छ ।

सम्बन्धित समाचार