नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल छन्।
राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा दृढ मत राख्दै आएको सो पार्टीले अध्यक्ष खरेलको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ। पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शङ्करलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन्। महासचिवको जिम्मेवारी गोविन्द गिरीले पाएका छन्।
केन्द्रीय कार्यसमितिको सचिवमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट तथा कोषाध्यक्षमा भक्तबहाुदर केसी र सहकोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहेका छन्।

