नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ ।
पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । निर्वाचन माघ १२ गते हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

