सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी, यस्ता छन् बैठकका एजेण्डा

सत्ता गठबन्धनमा रहेका प्रमुख दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताबीच भेटवार्ता भएको हो।

शीर्ष नेताबीचको छलफल अहिले पनि जारी रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बसेको हो ।



सत्तारुढ दलका शीर्ष नेताबीचको छलफलमा राजदूत नियुक्तिको विषयमा पनि कुरा हुने बताइएको छ । दलीय भागवण्डा मिलाएर विभिन्न देशमा राजदूत नियुक्त गर्ने गठबन्धनको तयारी छ ।

सम्बन्धित समाचार