नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि (विज्ञप्तिसहित)

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस अघि नेपाल तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो । पुस महिनामा कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको र एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको सबै नमुनाहरुमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



त्यस्तै ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन र संक्रमणबाट सतर्क रहन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ  ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार