उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले गर्यो यस्तो निर्णय

सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको हो ।

त्यस्तै बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय पनि गरेको छ । बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने सन्दर्भमा र अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय भएको जानकरी दिए ।



मन्त्री कार्कीले भने ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मूल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ। यो बैठक हिजोकै बैठकको निरन्तरता हो । अर्को विषय संसद् लामो समयदेखि अवरुद्ध छ । यसरी संसद् अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसद् सुचारु गर्ने बारेमा पनि छलफल भएको छ। संसद् सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ।’

त्यस्तै मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने बताए । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई भेट्न जानेबारे पनि छलफल भएको छ ।

सम्बन्धित समाचार