ओलीले निर्मला पन्तको विषयमा सरकारलाई यस्तो प्रश्न गरेपछि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । आज (शुक्रबार) काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । ओलीले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’



११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् । यसअघि पुस १८ गते निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक अलि हुसेन पक्राउ परेका थिए । तर उनलाई जिल्ला प्रशासन कार्यालय कन्चनपुरले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन् । उनलाई निर्मला प्रकरणमा नभई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ।

सम्बन्धित समाचार