ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । यसैगरी आज नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र छ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १३ हजार ७०९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ । जसमा ५ हजार २८६ जना होम आइसोलेसनमा छन् भने ४५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८१ संक्रमित आईसीयूमा र १५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ३१ हजार ५२ र एन्टिजेन विधिबाट ९६ हजार ८४१ जना पुगेको छ ।

सम्बन्धित समाचार