सीसीएमसीको बैठकले गर्यो यस्तो निर्णय

नेपालमा पनि कोरोना संक्रमणदर बढ्न थालेपछि आज कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए ।

बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्ट गरेर निर्णय भएको गृहमन्त्री खाण भनाइ छ । पिसिआर टेस्ट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय भएको खाणले बताए ।



उनका अनुसार बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भइरहेको छ । तर निर्णय भने भैसकेको छैन । पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार मात्र ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार