आज यी चार प्रदेशमा चटयाङ्गसहित वर्षाको सम्भावना

आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश-१, दुई र वाग्मती प्रदेशमा भने मौसम बद्ली रहने मौसमविद् निराजन सापकोटाले जानकारी दिए । यी तीन वटा प्रदेशको हिमाली र उच्च पहाडी क्षेत्रमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।



सोमबारदेखि भने मौसम सुधार हुने र घाम लाग्ने मौसमविद् सापकोटाले जानकारी दिए।

सम्बन्धित समाचार