नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन्।
उनले अब आफू १४ दिन होम आइसोलेसनमा बस्नेसमेत बताएका छन्। ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु,’ नेता श्रेष्ठले भनेका छन्, ‘हालसालै म सँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।’
माओवादी केन्द्रको महाधिवेशनमा सहभागी सय भन्दा धेरै नेता कार्यकर्तालाई कोरोना संक्रमण पुष्टि भएको बताइन्छ ।

