प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले दिए यस्तो प्रतिक्रिया

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ । वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले ‘राम्रो कुराकानी’ भएको भने पनि के कुराकानी भयो भन्ने बताउन चाहेनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले निवासमै गएर ओलीलाई मनाउन प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।



ओली र देउवाबीचको भेटमा संसद् सुचारु गर्नेदेखि एमसीसी पास गर्ने विषयमा छलफल भएको बताइन्छ । ओलीले देउवासँग गठबन्धन छोडेमा एमसीसी पास गर्न सघाउने बताएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार