नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

सत्ता गठबन्धनका शीर्ष नेता डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएकोमा असन्तुष्टि जनाएका छन् । शुक्रबारको सत्ता गठबन्धनको बैठकले ओलीलाई संसद अवरोध खुलाउनेलगायतका विषयमा सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाउने निर्णय गरेकोमा पनि भट्टराई सन्तुष्ट थिएनन् ।
बाबुरामले सो निर्णयप्रति सांकेतिक असन्तुष्टि जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी रहेको बताएका थिए ।
बाबुरामले भने ओलीको नाम नलिइ भनेका छन्– ‘प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं। प्रतिगमनकारीसंग झुक्ने हैन, लड्ने हिम्मत गरौं !’

