नागार्जुन साहित्य प्रतिष्ठानको अध्यक्षमा पौडेल

नागार्जुन साहित्यिक प्रतिष्ठानको शनिबार सम्पन्न १२औँ अधिवेशनले साहित्यकार दिल पौडेललाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको छ । निर्वाचनका लागि साहित्यकार डा. रमेश शुभेच्छुकको संयोजकत्वमा चेतनाथ धमला र कृष्ण तामाङ सदस्य रहेको समिति बनाइएको थियो ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माधव निर्दोष, उपाध्यक्षमा यशोदा अधिकारी, महासचिवमा युवराज काफ्ले ‘नास्तिक’, सचिवमा माधव घिमिरे ‘अटल’, र कोषाध्यक्षमा शिवहरि पाण्डे चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरूमा एक सदस्य पछि थप्ने गरी देवकुमारी लुइटेल, रामदेव पाण्डे, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, प्रकाश कोइराला, गङ्गा खतिवडा, गोविन्दराज शिवाकोटी, विष्णुकुमारी सुवेदी र अनिमाकुमारी पौडेल निर्वाचत भएका छन् ।



नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरू वासुदेव अधिकारी, डा. बेञ्जु शर्मा र मातृका पोखरेललाई सम्मान गरिएको थियोे । स्रष्टाहरूलाई आफ्ना साहित्यिक विधाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको शान्तिपूर्ण आन्दोलनमा विशेष योगदान निर्वाह गरेकोले सो सम्मान गरिएको जनाइएको छ ।

बन्दसत्रमा समसामयिक साहित्यिक प्रस्ताव लेखन समितिका संयोजक डा. हरि सिलवालले पेश गरेको १९ बुँदे साहित्यिक रुपान्तरण र अभियानसँग सम्बन्धित बुँदाहरूलाई पारित गरिएको थियो । सभाले निवर्तमान महासचिव माधव निर्दोषको साङ्गठनिक प्रतिवेदन र निवर्तमान कार्यबाहक कोषाध्यक्ष शिवहरि पाण्डेको आर्थिक प्रतिवेदन तथा निवर्तमान अध्यक्ष प्रकाश सिलवालको विधान संशोधन प्रस्ताव पनि सामान्य छलफलपछि पारित गरेको थियो ।

सम्बन्धित समाचार