संसदको गतिरोध छिट्टै अन्त्य हुन्छः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए।

जनताको मतबाटै सभामुखको जिम्मेवारीमा पुगेको जनााउँदै उनले जनताकोे विश्वास र भरोसालाई धोका नदिने बताए । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङकोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्याससमेत गरेका थिए।



संसद्को अवरोध हटाउने विषयमा हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी ओलीबीच पनि वार्ता भएको थियो । देउवाको आग्रहपछि ओली संसद् सुचारु गराउन सकारात्मक भएको बताइन्छ ।

सम्बन्धित समाचार