नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होम आइसोलेसनमा बसेका छन् । उनले कोरोना संक्रमणको आशंकामा होम आइसोलेसनमा बस्दै भेटघाट बन्द गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होम आइसोलेसनमा बसेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री कार्की कन्ट्याक ट्रेसिङमा परेका थिए ।
उनले पीसीआर परिक्षण गराएका छन् । पीसीआर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने कार्कीको सचिवालयले जनाएको छ । । प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेसनमा बसेका छन् । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

