नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत सप्तरीमा ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
त्यस्तै कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य विजयी भएका छन् ।यसैगरी सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, वीरबहादुर मर्र्साङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल, शोभानन्द राय, डम्बरप्रसाद महतो, सलिम राइन, महेन्द्रनारायण पासवान, दुर्गानन्द ठाकुर, विल्टु दास, अयुव राइन, प्रदीप मण्डल, उत्तम आचार्य, शिवनारायण साह, रामलगन सरदार, महेन्द्र विराजी, बिन्दु सदा, देवनारायण मरिक, पञ्चदेव खंग, इनरवती यादव, हरिशङ्कर इशर, डम्बर राई, राजेन्द्र सेन्चुरी, सन्तमान तामाङ, समु खातुन, ललितनारायण रजकलगायत रहेका छन् ।
यस्तै सल्लाहकारमा शङ्कर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो युनिस, चित्रकला मगर, रामवृक्ष महतो, भुवन केसी, शत्रुघनप्रसाद यादव, मागैन मण्डललगायत २३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । नवनिर्वाचित अध्यक्ष चौधरीले देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

