नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

राष्ट्रिय जनमोर्चाले लिपुलेकमा सडक विस्तारको काम रोक्न माग गरेको छ । आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यस्तो माग गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको काम भइरहेको भन्दै दिएको अभिव्यक्तिमा राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै जनमोर्चाले भारतसँग यो विषयमा कुराकानी गर्न नेपाल सरकारलाई माग गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले केहीदिनअघि भारतको उत्तराखण्ड राज्य हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए । भारतीय प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति जनमोर्चा पार्टीले गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्ति

