एमालेको २८ जिल्लाको नतिजा सार्वजनिक, को-को भए विजयी ? (सूचीसहित)

नेकपा एमालेले २८ जिल्लाको नतिजा आएको छ । शुक्रबारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन् ।

२८ जिल्लामध्ये २६ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ जिल्लामा निर्वाचनबाट चयन भएको हो । कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् ।



एमाले अध्यक्ष केपी ओलीले शुक्रबारबाट एकैसाथ देशका दुई विशेषसहित ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

को कहाँ निर्वाचित ?

प्रदेश १
झापा – दीपक कार्की
मोरङ – ऋषिकेश पोखरेल
खोटाङ – रामप्रसाद दंगाल
धनकुटा – इन्द्रमणि पराजुली
तेह्रथुम – तेजमान कन्दङवा
सप्तरी – ताराकान्त चौधरी

वागमती
धादिङ – भूमी त्रिपाठी
काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
भक्तपुर – बचन देउजा
रसुवा – कर्णेल तामाङ
रामेछाप -– आनन्दकुमार श्रेष्ठ
नुवाकोट – बद्री मैनाली
मकवानपुर-– एकलाल श्रेष्ठ

गण्डकी
गोरखा – प्रेम गुरुङ
तनहु – श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी
पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाची – पिताम्बर भुसाल
बाँके – किस्मत कुमार कक्षपती
बर्दिया – लालबहादुर श्रेष्ठ
दाङ – हुकुमबहादुर बस्नेत
रुपन्देही – तेजेन्द्र केसी
कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली
डोल्पा – शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला
मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
पेशागत विशेष – उमेश ढकाल

 

सम्बन्धित समाचार