नेपाल लाइफको सिनियर डि–सिइओमा पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पौष २५ बाट पराजुलीले उक्त पदको कार्यभार सँभालेको विज्ञप्तिमा उल्लेख छ ।

पराजुलीले आफ्ना विगतका अनुभवहरूलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रूपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।



उनले नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको र यसलाई अवसर र त्योभन्दा बढी चुनौतीको रूपमा लिएको पनि बताए । ‘अब मलाई नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सुचकाङ्कमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ’ नवनियुक्त सिनियर डि–सिइओ पराजुलीले भने । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।

सम्बन्धित समाचार