कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ६३२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ८४१ जना र तीन हजार ७७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २२४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १४ हजार २३० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्र अनुसार काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार