खोप कार्ड नहुनेलाई सार्वजनिक सेवा र आन्तरिक उडानमा रोक लगाइने

कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको छ। आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो।

खोप कार्ड नहुनेलाई आन्तरिक उडानमा समेत प्रतिबन्ध लगाउन भनिएको छ। अन्तर्राष्ट्रिय उडानमा भने ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य गर्न भनिएको छ। बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।



माघ ३ गतेदेखि नै सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ।

सम्बन्धित समाचार