
नेकपा एमालेले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो।
त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ।
कुन जिल्लामा को-को आए ?
१) झापा – दीपक कार्की
२) पाल्पा – धनेन्द्रराज घिमिरे
३) दाङ – हुकुमबहादुर बस्नेत
४) डोल्पा – शेरबहादुर बुढा
५) सल्यान – गोविन्द पुन
६) बर्दिया – लालबहादुर श्रेष्ठ
७) बाँके – किस्मतकुमार कक्षपति
८) धादिङ – भूमि त्रिपाठी
९) अर्घाखाची – पीताम्बर भुसाल
१०) मोरङ – ऋषिकेश पोखरेल
११) काभ्रे – अशोक ब्याञ्जु
१२) भक्तपुर – बचन देउजा
१३) गुल्मी – बालसिंह काउछा
१४) खोटाङ – रामप्रसाद दंगाल
१५) सप्तरी – ताराकान्त चौधरी
१६) तनहुँ – श्रीप्रसाद श्रेष्ठ
१७) धनकुटा – इन्द्रमणि पराजुली
१८) रसुवा – कर्णेल लामा
१९) नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
२०) कपिलवस्तु – डम्बर शर्मा
२१) नुवाकोट – बद्रीप्रसाद मैनाली
२२) तेह्रथुम – तेजमान कन्दङ्वा
२३) रुपन्देही – तेजेन्द्र केसी
२४) लमजुङ – कृष्णप्रसाद अधिकारी
२५) पॉचथर – राजकुमार भण्डारी
२६) रामेछाप – आनन्द श्रेष्ठ
२७) गोरखा – प्रेमबहादुर गुरुङ
२८) मकवानपुर – एकलाल श्रेष्ठ
२९) डडेल्धुरा – प्रकाश सावँद
३०) भोजपुर – शरण राई
३१) बैतडी – सुरेन्द्र पाल
३२) म्याग्दी – देवेन्द्र केसी
३३) जुम्ला – शान्तिलाल महत
३३) काठमाडौँ – दीपक निरौला
३४) ललितपुर – पुरुषोत्तम आचार्य
३५) सिन्धुली – कुमारबहादुर कार्की
३६) इलाम – महेश बस्नेत
३६) बाग्लुङ – हीरा केसी
विशेष जिल्ला कमिटी
१) मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेष – उमेश ढकाल

