नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले बतास समूहका प्रमुख आनन्द राज बतास एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति भएको बताएका छन् । आज (सोमबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले बतास समूहको बचाउ गर्दै बतास प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् । थापाले आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनेको बताए । ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन’ भन्दै थापाले ट्विटरमा उल्लेख गरेका छन् ।
थापाले ट्विटरमा लेखेका छन्, ‘आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन ।’
थापाको ट्विट :

