किन रोके कमल थापाले राष्ट्रिय एकता अभियान ?, यस्तो छ कारण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पुस २७ बाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । हिजो (आइतबार) एक ट्विट गर्दै थापाले पुस २७ बाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोक्ने निर्णय गरेका हुन् ।

थापाले अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न थालेकाले अभियान रोकेको जानकारी दिएका छन् । त्यस्तै राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव दिएको बताए ।



थापाले ट्विटरमा लेखेका छन् , ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ ।’

थापाको ट्विट :

थापाको ट्विट

सम्बन्धित समाचार