एमाले इलाम अध्यक्षमा बस्नेत र बागलुङमा केसी

नेकपा एमाले इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुँदा नेकपा एमाले बागलुङका अध्यक्षमा हीराबहादुर केसी निर्वाचित भएका छन् ।

बस्नेतले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई पराजित गर्दै विजयी भएका हुन् भने केसीले कृष्ण पाठकलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै एमाले इलामकोको उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् । जिल्ला अधिवेशनमा कुल ७६७ मत खसेको थियो ।



त्यसैगरी बागलुङ उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए भने उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए ।

सम्बन्धित समाचार