किन जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार ?

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (मंगलबार) सिंहदरबार जाने भएका छन् । पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा शाह सिंहदरबार जान लागेका हुन् ।

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा शाह सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जान लागेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे सिंहदरबार पुग्ने कार्यक्रम रहेको छ ।



मंगलबार पृथ्वी नारायण शाहको ३०० जन्म जयन्ती देशभर मनाइँदैछ ।

सम्बन्धित समाचार