नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । आज (सोमबार) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।
संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक माघ ३ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक माघ ३ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए । यसअघि गत १८ पुस आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गर्दै पुस २८ का लागि सारिएको थियो ।
नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै बैठक स्थगित गर्न माग गरेपछि बैठक पुस २२ गतेका लागि सारिएको थियो । पुस २८ गते बोलाइएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना :

