नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा (एकीकृत समाजवादी) ले आपत्ति जनाएको छ । आज (सोमबार) विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएका हुन् ।
त्यस्तै लिपुलेकमा भइरहेको सडक विस्तारको कामलाई रोक्न एकीकृत समाजवादीले माग गर्दै नेपाल सरकारलाई पनि आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले केहीदिनअघि भारतको उत्तराखण्ड राज्य हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ । नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ’ नेकपा (एकीकृत समाजवादी) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :

