कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ४२९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र दुई हजार ४६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २५५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ । जसमा ७ हजार २२५ जना होम आइसोलेसनमा छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६७ संक्रमित आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ३३ हजार ९४६ र एन्टिजेन विधिबाट ९७ हजार ५०४ जना पुगेको छ ।

 

सम्बन्धित समाचार