माओवादी नेता तथा शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइशोलेसनमा बसिरहेको उनका प्रेस संयोजक बिमल खड्काले बताए ।



माओवादी केन्द्रको महाधिवेशनमा सहभागि अधिकांश नेता कार्यकर्तामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संक्रमित भएपछि सेल्फ आइशोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार