आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै, कहाँ कहाँ लगाइन्छ ?

सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका किशोररकिशोरीले आजदेखि कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाइने छ। भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर र किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।



काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ। विद्यालय नगएका तर १२ देखि १७ वर्षसम्मका किशोरर किशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन्।

ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन्। यी जिल्लामा लक्षित सबै किशोर र किशोरीलाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

सम्बन्धित समाचार