हिमालयन बैंकद्वारा सङ्कटा क्लबलाई दस लाख

हिमालयन बैंक लिमिटेडले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोडस्थित संकटा क्लबलाई दश लाख प्रदान गरी प्रायोजन गरेको जनाएको छ ।

बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।



बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिब रमेशधोज बस्नेतलाई हस्तानतरण गरेका हुन् । उक्त समारोहमा महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधरलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका पनि उल्लेख छ ।

सम्बन्धित समाचार