नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगर्न आग्रह गरेका छन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्त्तो आग्रह गरेका हुन् ।
भट्टराईले पृथ्वीनारायण शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको बताए । त्यस्तै उनले समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नुपर्ने बताए ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं!उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्।कविलाइ समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो।अब समाजवादी रूपान्तरणको नयाॅ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो!’
बाबुराम भट्टराईको ट्विट :

