त्रिभुवन विमानस्थलले गर्यो यस्तो आग्रह (सूचनासहित)

भिजिटर पास बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन सर्वसाधारणमा आग्रह गरेको छ ।

आज (मंगलबार) एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यस्तो आग्रह गरेको हो । त्यस्तै विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गर्दै अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने जानकारी दिएको छ ।



कार्यालयले यसअघि पनि विमानस्थलमा स्वागत र बिदाइमा विमानस्थलमा नआउन आग्रह गरेको थियो । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आग्रह गर्दै सूचना जारी गरेको हो ।

सूचना :

सूचना :

 

सम्बन्धित समाचार