राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा सिंहदरबार पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण गरेकी छिन् । आज (मंगलबार)सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेकी हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापालगायतको सहभागीता रहेको थियो । । उक्त अवसरमा पर्यटनमन्त्री आले, राप्रपाका नेता थापा तथा आयोजक चारवटै संस्थाले राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरेका थिए । ।



राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण

यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलगेटमा आइपुगेको थियो । कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारद अर्पण गरेको थियो ।

 

 

सम्बन्धित समाचार