नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मोरङ, लेटाङ नगरपालिका-२ फडानीस्थित ७० वर्षीय डम्बर बहादुर भुजेलको घरको आँगनमा सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेम बहादुर बुढाथोकी सोमबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।
टाउको तथा अनुहारमा चोट लागेर बुढाथोकी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले डम्बर बहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । त्यस्तै कैलाली, टिकापुर नगरपालिका घर भई धनगढी उपमहानगरपालिका-३ आदर्श चोक डेरा गरी बस्ने ४० वर्षीया लक्ष्मी चौधरी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी डोटी, दिपायल सिलगढी नगरपालिका-९ प्याटी बस्ने २८ वर्षीय पुरन साउद सोही नगरपालिकास्थित घुडेबुडा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । घरबाट पसलतिर जान्छु भनि आइतबार निस्किएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त भिरमा उनको शव फेला परेको हो । यसैगरी दोलखा, बैतेश्वर गाउँपालिका-६ सेउडानी बस्ने ७२ वर्षीय जंगे सार्की सोही ठाउँस्थित नाम्दु भतेरे पाखोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता अछाम, कमलबजार नगरपालिका-५ कुईका बस्ने ३६ वर्षीय भानुभक्त तिमल्सिना सोही नगरपालिका कोषडाँडामा सोमबार मृत अवस्थामा फेला परेका छन् । स्वास्थ्य कार्यालय कुईकामा कार्यरत रहेका उनी आइतबार स्वास्थ्य कार्यालयतर्फ गएकोमा उक्त स्थानमा मृत अवस्थामा फेला परेका हुन् । यस्तै झापा, मेचिनगर नगरपालिका-२ घर भई विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ४० वर्षीय उत्तम कँडेल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुली, तिनपाटन गाउँपालिका-९ बतासे पाखा बस्ने ६३ वर्षीय रत्नमान श्रेष्ठ सोही ठाउँस्थित झोलुंगे घट्टे खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान खेत जोत्न जाने भनि निस्किएका उनी बेलुकी अबेरसम्म फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
