नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

नेकपा एमालेका निवार्तन उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको सरकारका मन्त्रीहरुले नियमअनुसार सम्पत्ति विवरण सर्वाजनिक नगरेको भन्दै आक्रोश पोखेका छन् । सोमबार एक ट्विट गर्दै रावलले यस्तो आक्रोश पोखेका हुन् ।
उनले प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । उनले अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानुनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने ? भन्दै प्रश्न गरे । त्यस्तै रावलले विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य रहेको बताए ।
रावलले ट्विटरमा लेखेका छन्, ‘प्रमं र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानूनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने? विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रष्ट छ।’
रावलको ट्विट :

