नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि कोरोना संक्रमित भएका छन् । आज (मंगलबार) आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । त्यस्तै उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा आइसोलेसनमा बसेकको सचिवालयले जनाएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको परीक्षण गरिएको थियो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न नेताहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । हाल देशभर कोरोना संक्रमण बढेको छ ।

