ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ३३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १,९८१ जना र चार हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३१३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १४ हजार ७९८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ । जसमा ८ हजार ८६७ जना होम आइसोलेसनमा छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९३ संक्रमित आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ३५ हजार ९२७ र एन्टिजेन विधिबाट ९७ हजार ९६७ जना पुगेको छ ।

सम्बन्धित समाचार