नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण बढेको भन्दै आजदेखि भिडभाड, सभा, जुलुस, जात्रा, महोत्सव आयोजना गर्न रोक लगाएको छ । आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने भएको छ । यो नियम आज राति १२ बजेदखि लागु हुनेछ । मंगलबार सूचना जारी गर्दै सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आज मध्यराति १२ बजेदेखि यो निर्णय कार्यान्वयन हुने जानकरी दिए । यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् । यस्तै माघ ७ गतेदेखि सार्वजनिक स्थलमा निस्किन खोप कार्ड अनिवार्य गरिएको छ ।
सूचना :

