केही हप्तामै आधा युरोप ओमिक्रोन संक्रमित बन्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ । आउँदो ६ देखि आठ हप्ताभित्रै आधा युरोपले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सामना गर्नुपर्ने चेतावनी दिइएको हो ।

डा. हान्स क्लुगले डेल्टा भेरियन्टको वृद्धि भइरहेका बेला ओमिक्रोनको पश्चिमदेखि पूर्वतर्फको लहरले यस क्षेत्रमा संक्रमण फैलाइरहेको बताए । यो प्रक्षेपण सन् २०२२ को पहिलो हप्तामा युरोपभरि रिपोर्ट गरिएका ७० लाख नयाँ केसहरूमा आधारित थियो । दुई साताको अवधिमा संक्रमितको संख्या दोब्बर भएको छ ।



पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ भाइरस फैलिएकाले युरोपेली र मध्य एसियाली मुलुकहरू ‘तीव्र दबाब’मा रहेको डा. क्लुगले बताए । हालैका अध्ययनहरूले ओमिक्रोनले पहिलेका भेरियन्टहरूले भन्दा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम रहेको सुझाएका छन् । तर, ओमिक्रोन अझै पनि उच्च संक्रामक छ र पूर्ण खोप लगाएका मानिसलाई पनि संक्रमित पार्न सक्छ ।

सम्बन्धित समाचार