कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्दैछ ।

बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र सभामुखले वाचन गरेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।



त्यसपछि सांसदहरुले दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार