नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

लोकसेवा आयोगले नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ । आज (बुधबार) एक सूचना जारी गर्दै आयोगले नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको हो ।
लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुको लागि विज्ञापन आह्वान गरेको छ । उक्त पदका लागि माघ १८ गतेसम्म दरखास्त गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २५ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ ।
लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाएको छ । योग्यता पुगेका नागरिकहरुले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आह्वान गरेको छ ।
विज्ञापन :
विज्ञापन हेर्नको लागि यो लिंक पनि खोल्न सक्नु हुनेछ :
