कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २,४४८ जना र तीन हजार ९८५ जनाको एन्टिजेन परीक्षण गर्दा ६२७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ ।

सम्बन्धित समाचार