नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

निर्वाचन आयोगले शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।
उनका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।
बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा पठाइएको छ । कोरोना संक्रमणका कारण राष्ट्रिय सभाको बैठक गर्न आयोगलाई सकस परिरहेको छ ।

