नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गर्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि संक्रमण फैलिएको छ । बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गरिएकोमा भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ ।
दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेका छन् । देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले विहीबार फेरि पीसीआर गराउने बताए ।
हाल क्वारेन्टिनमा रहेका देउवा विहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेका छन् ।

