नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच गठबन्धन मुलुकको स्वाधिनता र संविधान रक्षाका लागि भएको बताएका छन् । यो गठबन्धन आगामी निर्वाचनसम्मै जारी रहने उनले बताए। नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को कार्यालय शुभारम्भ गर्दै महराले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न खोजिरहेको आरोप लगाए ।
महराले गठबन्धन माथिको त्यो षडयन्त्र परास्त गर्दै सत्तारुढ पाँच दल मुलुककोस्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको बताए।
एमसीसी पास गर्न प्रतिगमनकारी शक्तिले सत्ता गठबन्धन टुटाउने र फुटाउने अनेकौं षडयन्त्र रचेकाले त्यो प्रतिगमनकारीहरुको षडयन्त्र कदापी सफल नहुने महराको भनाइ छ ।

